शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीका चार बागी प्रदेश सांसद तत्काल पार्टीमा नफर्किने

शुक्रबार, १६ मङ्सिर २०७९, १८ : ००
शुक्रबार, १६ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका चार जना प्रदेश सभा सांसद तत्काल पार्टीमा नफर्किने भएका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका चारै जना स्वतन्त्र सांसदको रुपमा रहने बताएका हुन् । 

रुकुम पूर्वको प्रदेश सभा ‘क’ बाट निर्वाचित अजयशक्ति सरुल पुनमगर, रोल्पा प्रदेश सभा‘ख’बाट निर्वाचित दीपेन्द्र पुनमगर, पश्चिम नवलपरासी क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’बाट निर्वाचित खड्ग बस्नेत र सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा ‘क’बाट जबाहरलाल कुशवाह निर्वाचित भएका थिए । यसरी  पार्टी र सत्ता गठबन्धनलाई समेत चुनौती दिँदै माओवादीका चार नेताले प्रदेश सभा सांसदमा जितेका हुन् ।

आफ्नो पुरानो पार्टीसहित सबै मतदाताले भोट दिएकाले तत्काल पार्टीमा नफर्किने नवलपरासी २ प्रदेश सभा ‘क’बाट निर्वाचित खड्ग बस्नेतले बताए । ‘मलाई मेरो पुरानो पार्टी र अरु पार्टीका समेत मतदाताले मत दिएर जिताएका छन् । अहिलै पुनः माओवादीमा फर्किने भन्ने हुँदैन । पछि परिस्थिति हेरेर कुन पार्टीमा बस्ने हो निर्णय गर्छौ’ बस्नेतले भने, ‘अरु स्वतन्त्र रुपमा जितेका प्रदेश सभा सदस्यहरु हुनुहुन्छ । उहाँहरुलाई समेत जोडेर शक्ति बनाउन सकिन्छ कि भन्ने सोचेका छौँ ।’ 

यस्तै रोल्पा प्रदेश सभा ‘ख’बाट निर्वाचित दीपेन्द्र पुनले देशैभर स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्यहरुसँग कुरा भइरहेको बताए । सबै स्वतन्त्र जितेका सांसदहरु र मतदातासंग सल्लाह गरेर पार्टीमा फर्किने÷नफर्किने निर्णय गर्ने पुनले बताए । अहिलेकै अवस्थामा माओवादीमा फर्किने अवस्था नरहेको बताए । आफ्नो पुरानो पार्टीले समेत आफूलाई पार्टीमा भित्र्याउन कुनै पहल नगरेको पुनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप