शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भृकुटीमण्डपमा सुरु भयो ईभी नेपाल एक्स्पो (फोटोफिचर)

शुक्रबार, १६ मङ्सिर २०७९, ११ : ४९
शुक्रबार, १६ मङ्सिर २०७९

भृकुटीमण्डपमा शुक्रबार देखि ईभी नेपाल एक्स्पो सुरू भएको छ। नेपाल विद्दुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले एक्स्पोको उद्‍घाटन गरेका छन् । 

पछिल्लो समयमा विद्युतीय सवारीप्रति धेरैको आकर्षण बढिरहेको र नेपालमा समेत यसका लागि आवश्यक विद्युत उत्पादन प्रशस्तै मात्रामा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गरी सो प्रदर्शनीमा विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएको छ । 

विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा भएको यो सबैभन्दा ठुलो प्रदर्शनी हुने दाबी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप