शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, ३ दिनमै बढ्यो १५ सय

शुक्रबार, १६ मङ्सिर २०७९, ११ : ३९
शुक्रबार, १६ मङ्सिर २०७९

नेपाल  सुनचाँदी व्यवसायी  महासंघले सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै लगातार तेस्रो दिन सुनको मूल्य बढेको र यस अवधिमा प्रतितोला १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

बुधबारदेखि बढ्न थालेको सुनको मूल्य आज शुक्रबार पनि बढेको महासंघले सार्वजनिक गरेको मूल्य सूचीमा उल्लेख छ । बुधबार सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको थियो । यस्तै, बिहीबार ५०० रूपैयाँले उकालो लागेको सुनको भाउ आज १ हजार रूपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १०० रूपैयाँ छ । यस्तै, तेजावी सुनको मूल्य तोलामा ९८ हजार ६०० रूपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य ९८ हजार १०० र तेजाबी सुनको मूल्य ९७ हजार ६०० रूपैयाँ थियो ।

यस्तै, यस अवधिमा चाँदीको मूल्य समेत प्रतितोला ६० रुपैयाँले बढेको छ । महासंघले बुधबारयता मात्रै चाँदीको भाउ ६० रूपैयाँले उकालो लागेको जानकारी दिएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १३ सय ४५ रूपैयाँ पुगेको छ । आजै चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप