बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक्सिस व्याण्डको नयाँ गीत ‘च्याङ्वा’ सार्वजनिक

शुक्रबार, १६ मङ्सिर २०७९, ११ : १२
शुक्रबार, १६ मङ्सिर २०७९

साङ्गीतिक व्याण्ड एक्सिसले नयाँ गीत ‘च्याङ्वा’ सार्वजनिक गरेको छ । सन् २००० मा स्थापना भएको व्याण्डले तेस्रो एल्बम ‘घर गाउँ’ मा रहेको यो गीत सार्वजनिक गरेको हो । भैरहवाको लहर व्याण्डको ओर्जिनल भर्सनको यो गीतलाई व्याण्डले नयाँ रुपमा श्रोता तथा दर्शकमाझ ल्याएको हो ।

गीतमा सन्दिप विश्वकर्माको स्वर छ । गायक सन्दिपले गीतले केटाले केटीलाई जिस्क्याएको थिम बुझाउने बताए । उनले एल्बम सन् २०१७ मा निकाले पनि कोरोना महामारीका कारण भिडियो बजारमा आउन ढिलो भएको खुलाए ।
नवाङ मोक्तान र अकेश ताम्राकार गीतको भिडियोमा देखिएका छन् । भिडियो व्याण्डले आफ्नो युट्युब च्यानल एक्सिस अफिसियलमार्फत सार्वजनिक गरेको हो ।

विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेङ्किङ अनुसार नेपालभरीको बेण्ड क्याटेगोरीमा नेपथ्य, १९७४ एडी, अल्बट्रस र द एज भन्दा पहिलो स्थानमा एक्सिस रहेको छ । व्याण्डले हालसम्म ‘अधुरो प्रेम (२००३)’, ‘मलाई माफ गरि देउ (२००९)’ र ‘घर गाउँ (२०१७)’ तीन एलबम बजारमा ल्याइसकेको छ । व्याण्डमा सन्दिपसहित लिड गितारमा बिर्जु कर्माचार्य, गितारमा विक्रम मानन्धर, बेस गिटारमा सजिन महर्जन र ड्रममा कविन शाक्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप