शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : एक्लै आयो ‘पासो’

शुक्रबार, १६ मङ्सिर २०७९, १८ : ३१
शुक्रबार, १६ मङ्सिर २०७९

आज शुक्रबारबाट एकमात्र फिल्म ‘पासो’ प्रदर्शनमा आएको छ । मंसिर विवाहको महिना भएको कारण अन्य फिल्म प्रदर्शनमा नआउँदा ‘पासो’ ले एकल प्रदर्शन अवसर पाएको हो । देशभर एकसाथ प्रदर्शनमा आएको यो फिल्मले दर्शक पाउने अपेक्षा निर्माण युनिटको रहेको छ ।

अपहरणपछि २ युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथामा निर्माण भएको फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाँइ, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । फिल्म आर.बी पुनले निर्देशन गरेका हुन् । 
कथा, पटकथा, संवाद समेतको निर्देशन आर.बीकै रहेको फिल्मको कुमार राउत कार्यकारी निर्माता हुन् । वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माता रहेको सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन र सुरेश बस्यालको कोरियोग्राफी छ । फिल्म बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप