बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना रोकियो

शुक्रबार, १६ मङ्सिर २०७९, ०९ : २५
शुक्रबार, १६ मङ्सिर २०७९

बाजुराको मतगणना फेरि रोकिएको छ। निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना  मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए।

उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो। 

यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । पछिल्लो परिणाम अनुसार पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप