शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुम्लाका किसान दाँतेओखर खेतीमा आकर्षित

शुक्रबार, १६ मङ्सिर २०७९, ०८ : ५०
शुक्रबार, १६ मङ्सिर २०७९

पछिल्लो समय जुम्लाका किसान दाँते ओखर खेतीप्रति आकर्षित हुँदै गएका छन्। जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका लागि राम्रो आम्दानीको स्रोत बनेको हो। 

चन्दननाथ नगरपालिका-४ का  रत्न मल्लले ओखरखेतीबाट मनग्ये आम्दानी भएको बताए ।  चन्दननाथ नगरपालिका–१० का  बिर्खबहादुर मल्लले आफूहरु व्यावसायिकरुपमा ओखरखेतीमा लागेको र आयआर्जनसमेत वृद्धि गरेको बताए। मल्लले ओखर बेचेर यो वर्ष ८० हजार रूपैयाँ कमाएको जनाए । ओखरको बगैँचामा रहेका ७ वटा बोटमा फलेको ओखरले ८० हजार रुपैयाँ कमाउँदा ओखरखेती प्रति निकै आकर्षण बढेको उनी बताउँछन्। 

मल्लले अहिले दिउँसो जुम्ला बजारमा ओखर बिक्री गर्न पुग्छन्। आगामी वर्ष ओखर बेचेर २ लाखसम्म कमाउन सक्नेगरी बगैँचा व्यवस्थापनमा आफूहरू जुटेको उनले बताए। सुरुको चरणमा हुुर्काउन दुःख हुने गरेको छ। पछि हुर्केपछि ओखरमा खासै दुःख नहुने जुम्लाका किसान बताउँछन्। कम मेहनतमै बढी आयआर्जन हुने खेती ओखर भएको किसानको अनुभव रहेको छ। 

खरिद गर्न व्यापारी गाउँमै आउने गरेका छन्। यहाँका ८ वटै स्थानीय तहमा यसको खेती हुँदै आएको छ। एकै बोटमा पाँच हजार रूपैयाँसम्मको ओखर फल्ने गरेको उनीहरुको भनाइ रहेको छ। अहिले खलङ्गा बजारका विभिन्न चोकमा ओखर बेच्ने किसानको भीडभाड हुने गरेको छ। 

गुठिचौर गाउँपालिकाका किसान दत्त पाण्डेले ओखर सदरमुकाम खलंगामा ल्याएर पाँच हजार रुपैयाँका ओखर बिक्री गरेका छन् । बजारमा अहिले ओखरको मूल्य प्रतिदाना १० रूपैयाँका दरले बिक्री हुने गरेको छ। जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकको एकमात्र रोजाइ ओखर हुने गरेको छ। 

जिल्ला कृषि विकास कार्यालयजुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले ओखरखेती गर्नेको सङ्ख्या जिल्लामा बढेको जानकारी दिए। कार्यालयका अनुसार जिल्लामा ५ सय ९० हेक्टरमा ओखरखेती हुने गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप