भ्याट बिबादले सेयर कारोबार स्थगित
काठमाडौं– ब्रोकरहरुलाई कमिसनमा भ्याट तिर्ने व्यवस्था गरेपछि विहिबार सेयर कारोबार स्थगित भएको छ । आन्तरिक राजस्व कार्यालयले ब्रोकर कम्पनीहरुलाई कमिसनमा भ्याट तिर्न पत्राचार गरेपछि ब्रोकरहरुले त्यसको विरोधमा विहिबार सेयर कारोबार स्थगित गरेका हुन ।
विधि र प्रक्रियाविना नै आन्तरिक राजस्व कार्यालयले कमिसनमा भ्याट तिर्न पत्राचार गरेपछि सेयर कारोबारमा समस्या हुने देखेर कारोबार नगरिएको सेयर ब्रोकर दिपकराज सुवेदीले जानकारी दिए । भ्याटमा दर्ता नै नभएको कम्पनीलाई भ्यान तिर्न आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेपछि अन्यौलता छाएकाले विहिबारको कारोबार स्थगित हुन गएको हो ।
ब्रोकरहरुले यस बारेमा छिटो निर्णय पनि धितोपत्र बोर्डलाई दवाव पनि दिएका छन । उनीहरुले विहिबार नै बोर्डमा भ्याटमा दर्ता नभएका ब्रोकर कम्पनीहरुले के आधारमा भ्यान तिर्ने भनि प्रश्न समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा