शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा निषेधाज्ञा कायमै

शुक्रबार, १६ मङ्सिर २०७९, ०८ : १३
शुक्रबार, १६ मङ्सिर २०७९

कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ । ग्रेडरले कुल्चिएर हसनपुुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका छन् ।

प्रदर्शन बढ्न थालेपछि प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शुक्रबार साँझ ७ बजेसम्म कायमै रहने भएको हो ।

शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन निषेधाज्ञा जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । निषेधाज्ञाको समयमा पाँच जनाभन्दा बढी व्यक्ति आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएको छ ।

हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर छात्राको ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप