शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सित्तैका गाडी तजविजमा वितरण

शुक्रबार, १६ मङ्सिर २०७९, ०६ : ४७
शुक्रबार, १६ मङ्सिर २०७९

निर्वाचन आयोगले चुनावका बेला छिमेकी देश भारतबाट सयौं गाडी पाएको छ । तर त्यस्ता गाडी आयोग र मातहतका कार्यालय प्रयोजनका लागि भन्दा पनि अन्यत्रै पुयाउने गरिएको छ । निर्वाचन प्रयोजनका लागि भन्दै मगाइएका गाडी विभिन्न कार्यालयका साथै आयोगकै पदाधिकारीनिकट व्यक्तिलाई कोसेलीस्वरूप उपलब्ध गराइएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगको अनुरोधमा भारतीय दूतावासमार्फत प्राप्त गाडी काठमाडौंबाहिरका निर्वाचन कार्यालयसम्म पुऱ्याइएको छैन । विगतदेखि नै निर्वाचनका बेला सित्तैमा पाएका गाडी आयोगका पदाधिकारीको तजबिजमा विभिन्न कार्यालय र हाकिमलाई कोसेलीका रूपमा बाँड्ने गरिएको हो ।

आयोगले सरकारी मिडियालाई रिझाउन पनि गाडी उपहार पठाउन लागेको बताइएको छ । भारतीय दूतावासबाट प्राप्त गाडीमध्ये आयोगले एउटा गोरखापत्र संस्थान र एउटा राष्ट्रिय समाचार समिति (रासस) लाई उपलब्ध गराउन लागेको बुझिएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप