शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखामा मतगणना : माओवादी केन्द्रका कार्कीले लिए अग्रता

बिहीबार, १५ मङ्सिर २०७९, २३ : ४९
बिहीबार, १५ मङ्सिर २०७९

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि बिहीबार बेलुका ९ बजेबाट मतगणना  सुरू भएको छ ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको गौरीशङ्कर क्याम्पसमा ९ बजे मतगणना सुरू भएको हो । जिल्लाको गौरीशंकर गाउँपालिकाबाट सुरु गरिएको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का  गङ्गा कार्कीले अग्रता लिएका छन् ।  

९११ मत गणना गर्दा कार्कीले ५३१ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण शिवाकोटीले २७४ मत पाएका छन् । त्यस्तै राप्रपाका विजय खड्काले १४ मत पाएका छन् । उता, राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २२ मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप