क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो
बिहीबार, १५ मङ्सिर २०७९, २२ : ४६
बेल्जियम विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार भएको निर्णायक खेलमा क्रोएसियासँग बराबरी खेल्दै समूह चरणाबटै बाहिरिएको हो ।
अहमद बिन अल स्टेडियममा भएको खेलमा दुई टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको हो । आजको खेलमा बराबरी खेल्दै क्रोएसियाले ३ खेलबाट ५ अंक जोड्यो । यता बेल्जियमले ३ खेलबाट ४ अंक जोडेर बाहिरियो ।