बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो हाफमा क्यानडामाथि मोरक्कोको अग्रता

बिहीबार, १५ मङ्सिर २०७९, २१ : ४८
बिहीबार, १५ मङ्सिर २०७९

विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा मोरक्कोले क्यानडामाथि पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको छ ।  अल थुमामा स्टेडियममा भएको खेलमा मोरक्कोलाई अग्रता दिलाउन हाकिम जियाज र युसुफ नेसइरले एक–एक गोल गरे । 

यता क्यानडाले एक गोल आत्मघाती उपहार पायो । मोरक्कोका लागि खेलको चौथो मिनेटमा जियाचले गोल गर्दै टिमलाई अग्रता दिलाए ।  खेलको २३ औं मिनेटमा युसुफले गोल गर्दै मोरोक्ककोलाई पहिलो २–० गोलको अग्रता दिलाए । 

यता क्यानडाले नायफ  अगर्डको आत्मघाती गोलमा अग्रता बनाएको थियो । आजको खेलमा जित निकाल्दै मोरक्को अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ ।  मोरोक्कोले आजको खेमला जित निकाल्दै अघिल्लो चरण पुग्ने योजना बनाएको छ ।  यता, क्यानडा आजको खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने योजनामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप