राउतको दौडधुप जारी, प्रचण्डसँग भेटवार्ता
बिहीबार, १५ मङ्सिर २०७९, २१ : ०५
जनमत पार्टीका अध्यक्ष तथा नव निर्वाचित सांसद डा‍. सिके राउतले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । यसै क्रममा राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।
भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको र आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । आज नै राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । यसअघि उनले कांग्रेस नेता विमलेन्द्र निधिसँग छलफल गरेका थिए । सत्तारुढ गठबन्धनले राउतलाई नयाँ सत्ता समीकरणमा समावेश गर्ने प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ