शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा सामूहिक कुटपिटबाट महिलाको हत्या आरोप, एकजना पक्राउ

बिहीबार, १५ मङ्सिर २०७९, २० : ३८
बिहीबार, १५ मङ्सिर २०७९

धरान उपमहानगरपालिका–१३ स्थित अमरघाटमा ३८ दिनअघि एकजना महिलामाथि सामूहिक कुटपिट भयो । कुटपिटबाट घाइते भएकी ४२ वर्षीया उषा राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

अमरघाटमा सिलाई–बुनाईको काम गर्ने उषा र उर्मिला राईको बीचमा विवाद थियो । उनीहरूको बीचमा झगडा हुँदा उर्मिलाले समूह लगेर कुटेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनाको अनुसन्धानका लागी उर्मिला राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने–‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

मृतकका आफन्त र प्रत्यक्षदर्शीले कुटपिटकै कारण उषाको मृत्यु भएको आरोप लगाएका छन् । शुक्रवार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकको पोष्टमार्टम गरिने डिएसपी श्रेष्ठले जानकारी दिए । ३८ दिनअघिको कुटपिटका कारण मृत्यु भएको हो वा होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उषाका पतिको ३ वर्षअघि मृत्यु भएको थियो । दुई छोरीसँग बस्दै आएकी उषालाई उर्मिलाले आफ्नो श्रीमानसँग विवाहइत्तर सम्बन्ध राखेको आरोप लगाएर कुटपिट गरेकी हुन् । जनजागृति आमा समूहका सदस्यहरूले घटनामा आफ्नो समूहको कुनै हात नभएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप