शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

क्षमताभन्दा बढी सामान ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई कारबाही

बिहीबार, १५ मङ्सिर २०७९, १९ : ०८
बिहीबार, १५ मङ्सिर २०७९

क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई ट्राफिक प्रहरीले बुधबार कारबाही गरेको छ । भक्तपुरको सल्लाघारी–जगाती सडकखण्डमा गरिएको रात्रिकालिन् चेकिङ्का क्रममा सवारी साधनको हद निर्धारण गरिएको भन्दा बढि मालसामान राखिएका मालवाहक सवारी साधनलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका हुन् । 

कारबाहीका क्रममा ३२ वटा सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना गराइएको थियो भने ४३ वटा सवारी साधनमा बढी भएको सामान हटाउन लगाइएको थियो । सवारी साधनमा क्षमता भन्दा बढी सामान ढुवानी गर्दा सडक संरचनामा असर पुग्ने, साथै सवारी साधन अनियन्त्रित भई दुर्घटना हुन सक्ने भएकाले क्षमता भन्दा बढी सामान ढुवानी नगर्न पनि प्रवक्ता भट्टले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप