बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

बिहीबार, १५ मङ्सिर २०७९, १८ : ४०
बिहीबार, १५ मङ्सिर २०७९

भक्तपुरको डोलेश्वरबाट चोरीको मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् । बुधबार पक्राउ परेका उनीहरूलाई ट्राफिक प्रहरीले आवश्यक कारबाहीका लागी सम्बन्धित वृत्तहरूमा आज बुझाएको छ ।काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका ३ घर भई हाल भक्तपुरको डोलेश्वर बस्ने लोप्साङ तामाङ र सोही स्थानका आदर्श लामालाई क्रमश: प्रहरी वृत सिंहदरबार र महाराजगन्ज बुझाइएको हो । 

मकवानपुरको हेटौडा उपमहानगरपालिका १६ बस्ने देवलाल थिङले थापाथली स्थित राष्ट्रिय वाणिज्य बैङ्क पछाडिबाट वास्तविक नम्बर बागमती प्रदेश ०२-०२० प ०१ ३१ नम्बरको मोटरसाइकल र काठमाडौँकै टोखा नगरपालिका ३ बस्ने सूर्यलाल डङ्गोलले टोखा त्वापचा स्थित पार्किङमा वास्तविक नम्बर बाग्मती प्रदेश ०२ -०२९ प २७ २१ नम्बरको मोटरसाइकल चोरी भएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप