शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सहकार्य गर्नेबारे देउवा र राउतबीच छलफल

बिहीबार, १५ मङ्सिर २०७९, १८ : ३५
बिहीबार, १५ मङ्सिर २०७९

निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि कसरत सुरु भएको छ । सत्तारुढ गठबन्धनलाई बहुमत पुर्‍याउन केही थप सिट आवश्यक देखिएको छ । त्यसका लागि पहिलो दल बन्न सफल नेपाली कांग्रेसले अन्य साना दलसँग छलफल तीव्र बनाएको हो ।

यसपटक निर्वाचनमा राम्रो प्रदर्शन गरेको जनमत पार्टी पनि केन्द्र सरकारमा सहभागी हुन आतुर रहेको छ । यसै क्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बिहीबार अपरान्ह बालुवाटारमा भएको भेटवार्तामा आपसी सहकार्यको विषयमा छलफल भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले राउतलाई जीतको बधाइ दिँदै सरकार गठन  गर्न गठबन्धनलाई सघाउन राउतसँग आग्रह गरेका थिए । जवाफमा राउतले गठबन्धनलाई सहयोग गर्न आफू सकारात्मक रहेको तर त्यसअघि आफूहरूको माग मुद्दामा गठबन्धन तथा सरकारको धारणा आउनु पर्ने बताएका थिए । राउतले यसअघि कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई पनि भेट गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप