शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंकको उच्च ब्याजदरका विषयमा अन्तरक्रिया

बिहीबार, १५ मङ्सिर २०७९, १८ : ००
बिहीबार, १५ मङ्सिर २०७९

बैँकहरूले हाल निर्धारण गरेको उच्च ब्याजदरका विषयमा मोरङको बेलबारीमा व्यवसायी, बैंक पदाधिकारी र नगरपालिकाबीच छलफल भएको छ ।  बेलबारी उद्योग वाणिज्य संघको पहल र बेलबारी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा व्यवसायीहरूले चर्को ब्याजदरको कारणले व्यवसाय दिनदिनै धरासयी बन्दै गएको गुनासो गरे ।

बेलबारीका व्यवसायीले उच्च बैँक ब्याजदर तथा प्रतिकूल बैकिङ नीतिबिरुद्ध यसअघि पनि विरोध जुलुस निकालेर विरोध गरेका थिए ।  व्यापार व्यवसाय चौपट भएको समयमा बैँकले व्याज वृद्धि गर्दा व्यवसाय थला परेको र उठ्नै नसक्ने गरि बोझ थपिएको बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजेशजंग कार्कीले बताए । बैँकले बढाएको ब्याज तत्काल फिर्ता लिन र व्यवसायीलाई सहज किसिमले व्यवसाय गर्ने वातावरण मिलाउन उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराज थापाले आग्रह गरे । 

बैंकले तत्काल ब्याजदर नघटाए स्थानीय स्तरमा रहेका सबै व्यवसाय ठप्प हुन सक्ने अवस्था रहेको उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले बताए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले अहिले देखिएको समस्या स्थानीयस्तरको मात्र नभएर देशकै समस्या रहेकोले व्यवसायीका गुनासा तत्काल सहज गर्न सरकार समक्ष पहल गर्ने बताए । बैंकका प्रतिनिधिहरूले पनि बैंकको उच्च ब्याजदर विषयमा बैंक पनि चिन्तित रहेको र यस विषयमा राज्यको ठोस निर्णय आवश्यक रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप