शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब बागमती प्रदेशमा पनि ७० अंक ल्याए ट्रायल पास

बिहीबार, १५ मङ्सिर २०७९, १७ : ३४
बिहीबार, १५ मङ्सिर २०७९

बागमती प्रदेशले पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । ट्रायलको ७० अंकको व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले गत बुधबार बागमती प्रदेश अन्तर्गतका सम्पूर्ण यातायात कार्यालयलाई परिपत्र गरेको हो । 

योसँगै आगामी आइतबार (मंसिर १८ गते) संघीय राजधानी समेत रहेको काठमाण्डौंको चावहिल स्थिति यातायात कार्यालयबाट ७० अंकको ट्रायल परीक्षा कार्यान्वयनको उद्घाटन गर्ने तयारी रहेको बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका सूचना अधिकारी राजु अर्यालले रातोपाटीलाई जानकारी दिए । 

१८ गतदेखि नै ट्रायल परीक्षामा ७० अंकको व्यवस्था कार्यान्वयनमा ल्याइने भएता पनि प्राविधिक तयारीका लागि अन्य यातायात कार्यालयहरू क्रमशः कार्यान्वयनमा जाने अधिकारीले बताए ।  उसो त यसअघि नै यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्याविधि निर्देशका, २०७७ को व्यवस्था गर्दै सबै प्रदेशहरूलाई ७० अंकको व्यवस्था कार्यान्वयनमा ल्याउन भने पनि बागमती प्रदेशले भने कार्यान्वयनमा ढिला गरिरहेको थियो । तर, अन्य प्रदेशहरूले भने यसअघि नै ट्रायल परीक्षाको ७० अंकको व्यवस्था कार्यान्वयनमा ल्याइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप