शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र खड्काबीच भेटघाट : गठबन्धनकै सरकार बनाएर जाने विषयमा छलफल

बिहीबार, १५ मङ्सिर २०७९, १७ : २२
बिहीबार, १५ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच बुधबार खुमलटारमा भेटघाट भएको छ । प्रचण्ड र खड्काबीच निर्वाचित भएपछि पहिलो पटक भएको भेटघाटमा गठबन्धनकै सरकार बनाएर जाने विषयमा कुराकानी भएको हो ।

 ‘हामी आज भेट्ने कुरा थियो । मैले प्रचण्डजीलाई खुमलटारमै गएर भेटघाट गरे’ रातोपाटीसँग कुरा गर्दै खड्काले भने, ‘गठबन्धन बलियो बनाएर जान कुनै समस्या छ । यस गठबन्धनमा अरू दललाई जोडेर जान सकिन्छ भन्ने छ ।’ 

पावर सेरिङका विषयमा समेत समझदारी बनाएर जान सकिने भएकाले कुनै समस्या नहुने खड्काले बताए । ‘बाहिर पावर सेयरिङ लगायत सरकार गठनमा समस्या हुन्छ कि भन्ने आकलन गरेको पाइन्छ । बाहिर सोचे जस्तो गठबन्धनमा कुनै समस्या छैन ।

आपसी समझदारीमा सबै हल गर्ने अवस्था छ’ खड्काले भने, ‘आज खुलेर धेरै विषयमा कुराकानी भयो । अब छिट्टै समझदारी बनाएर जान्छौ ।’ प्रचण्ड र खड्काबीच चुनावी नतिजाका विषयमा समेत कुराकानी भएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप