शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महासंघको साधारणसभाको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

बिहीबार, १५ मङ्सिर २०७९, १७ : ०६
बिहीबार, १५ मङ्सिर २०७९

नेपाल पत्रकार महासंघको यही पुस ८ र ९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने केन्द्रीय साधारण सभाको उद्घाट राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । 

महासंघको बिहीबार वीरेन्द्रनगरमा बसेको बैठकले सो कुराको जानकारी गराएको हो । साधारण सभाको तयारी गर्नका लागि सचिवालय समेत सञ्चालनमा ल्याएको छ । बिहीबार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल सहितको टोली साधारण सभाबारे जानकारी लिनका लागि सुर्खेत आएको छ । 

वीरेन्द्रनगरको सिटी हलमा हुने साधारण सभामा देशभरका ६०० पत्रकार सहभागी हुने बताइएको छ । यस्तै पत्रकार महासंघ सुर्खेतले पनि साधारण सभाको आवश्यक तयारी गरिरहेको सुर्खेत शाखाका सचिव ललित बुढाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप