बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दोषीलाई कारवाही गर्न आयोगको माग

बिहीबार, १५ मङ्सिर २०७९, १७ : ०१
बिहीबार, १५ मङ्सिर २०७९

मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको सामाजिक सञ्जालमा सम्प्रेषण भएको भिडियोप्रति मधेशी आयोगले आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको प्रकृया अगाडि बढाएको छ । 

सो आपत्तिजनक भिडियोलाई लिएर मधेसका केही अगुवाले आयोगमा उजुरी गरेपछि दोषीमाथि कारबाहीको प्रकृया अगाडि बढाएको आयोगले जनाएको छ । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तका स्वकीय सचिव दिपेन्द्रकुमार कर्णका अनुसार आयोगले भिडियोमा बोल्ने तथा भिडियो निर्माणकर्ता बारे छानविन गरी कारबाहीको माग गर्दै प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ । 

काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही व्यक्तिहरूले मेयर बालेन शाह र मधेशी समुदायलाई होच्याउने र अपमानजनक शब्द प्रयोग भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल भएको छ । 

अध्यक्ष डा.दत्तले समाजमा चेतनास्तर अझै पनि नबढेकोले मधेशी समुदायले समय–समयमा यस्ता विभेदपूर्ण कुराहरूको सामना गर्नु परिरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप