शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टी कमजोर भएपछि लोसपामा समीक्षात्मक बैठकको माग

बिहीबार, १५ मङ्सिर २०७९, १६ : ५८
बिहीबार, १५ मङ्सिर २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)मा चुनावी समीक्षाका लागि बैठकको माग उठ्न थालेको छ ।  लोसपाले अपेक्षा गरेअनुसार सीट आएन भने पार्टी राष्ट्रिय पार्टी बन्न सकेन । यसले पार्टीका नेता तथा कार्यकर्ता निराश भएका छन् । यो निराशालाई आत्मबलमा बदल्नका लागि समीक्षा बैठक तत्काल बोलाउनु पर्ने सो पार्टीका नेताहरूको भनाइ छ । 

सो पार्टीका नेता मनिष मिश्रले पार्टीका शीर्ष नेता तथा कार्यकारिणी समितिले अविलम्ब बैठक बोलाई हारको समीक्षा गरेर आगामी दिनका लागि ठोस रणनीति बनाउनुपर्नेमा जोड दिए ।  लोसपामा पुराना नेताहरू भएपनि संगठन नयाँ रहेका कारण चुनावमा कमजोर नतिजा आएको हुनसक्ने उनको बुझाइ छ ।

लोसपाको केन्द्रीय कार्यकारिणी कमिटीबाहेक कुनै केन्द्रीय कमिटी तथा उपसमितिहरू निर्माण भएको छैन । विद्यार्थी संगठनको आंशिक संरचनाबाहेक कुनै भ्रातृसंगठन तथा शुभेच्छुक सङ्गठनहरू निर्माण भएको छैन । पार्टी अन्तिम समयमा गठबन्धनमा सामेल भएको र त्यसको जानकारी ठीक ढंगले पार्टीको नेता तथा कार्यकर्ता समक्ष नपुगेका कारण चुनावमा समस्या भएको उनले दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप