भेडासिंहका ३ वटा कपडा गोदाममा छापा
बिहीबार, १५ मङ्सिर २०७९, १६ : ५५
काठमाडौंको भेडासिंह क्षेत्रका ३ वटा कपडा गोदाममा प्रहरी र राजस्व अनुसन्धान विभागले छापा मारेको छ । भेडासिंह र क्षेत्रपाटीमा रहेका ३ वटा थान कपडाको गोदाममा छापा मारिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
गोदाममा ठूलो परिमाणमा सुट, सर्ट र पाइन्ट सिलाउन प्रयोग गरिने भन्सार छलीको थान कपडा फेला परेको छ । राजस्व अनुसन्धान विभागले कपडा गोदाम सिल गरेको छ । कपडाको बिज, बिजक फेला नपरेको हुनाले राजस्वले त्यसबारे अनुसन्धान गरिरहेको छ । गोदाम संचालक फरार भएका छन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित