संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छ : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरू आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए ।
‘यसअघि गर्न नसकेका कामहरू पनि छन्’ उनले भने, ‘पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी ५ वर्षमा क्रमशः पूरा गछौं ।’ संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकासका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने बताए ।
‘प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौँ,’ उनले भने, ‘गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ ।’ चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकासमा समान वितरण हुने आश्वासन दिए ।
ढोरपाटन सालझण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्की पुल, ढोरपाटनको आलुलाई प्रबर्द्धनलगायतका काम जनताको चाहनाअनुसार हुने बताए । ‘जनताका आवश्यकता धेरै छन्’ उनले भने, ‘जनताका चाहनाअनुसार विकास गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा खडेरी, खेतमै सुक्यो बाली
-
भारत : तेस्रो चरणको चुनावमा औसत ६४.४० प्रतिशत मतदान, सबैभन्दा कम उत्तर प्रदेशमा
-
अमेरिकाले इजरायल जाने बमको खेप रोक्यो
-
बारामा ८ महिनापछि वर्षा, वन्यजन्तु र डढेलो नियन्त्रणमा राहत
-
पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा
-
गौरीगङ्गामा अवैध काठ बरामद