शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशका यी १९ सांसद, जो ‘दोस्रो इनिङ’का लागि निर्वाचित भए

बिहीबार, १५ मङ्सिर २०७९, १५ : ५५
बिहीबार, १५ मङ्सिर २०७९

 गत मंसिर ४ गते भएको आम निर्वाचनबाट बागमती प्रदेशसभामा प्रत्यक्ष तर्फबाट १९ जना दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ प्रदेशका ६६ वटा निर्वाचन क्षेत्रमध्ये ६४ वटाको मत परिणाम सार्वजनिक हुँदा ४५ जना पहिलो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । १९ जना भने संसदको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

दोलखाको केही मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने भएकाले त्यहाँको २ वटा क्षेत्रको भने नतिजा आउँन बाँकी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार काठमाडौंका ७, मकवानपुरका ३, भक्तपुर र काभ्रेका २÷२, चितवन, रसुवा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकका एक/एक क्षेत्रबाट निर्वाचित भएकाहरु दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

चितवन– १ (ख), काठमाडौं– १ (क), काठमाडौं– ३ (क), काठमाडौं– ७ (क), काठमाडौं– ७ (ख), काठमाडौं– ९ (ख), काठमाडौं– १० (क), काठमाडौं– १० (ख), भक्तपुर–१ (ख), भक्तपुर–२ (ख), रसुवा–१ (क), नुवाकोट– १ (क), मकवानपुर– १ (क), मकवानपुर– २ (क), मकवानपुर– २ (ख), धादिङ– १ (ख), सिन्धुपाल्चोक– २ (क), काभ्रे– १ (क) र काभ्रे– २ (क) नम्बर क्षेत्रबाट यस अघि नै संसदीय जिम्मेवारी पाएकाहरु दोस्रो पटक चुनाव जितेर प्रदेशसभा सदस्य बनेका हुन् ।

चितवन–१ (ख) बाट नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल १५ हजार ५३६ मत सहित एमालेका प्रकाश खनाल शैलेशलाई चुनाव हराएर पुनः निर्वाचित भएका हुन् । शैलेशले १४ हजार ८०२ मत पाएका थिए । काठमाडौं–१ (क) बाट कांग्रेसका दिपेन्द्र श्रेष्ठ ६ हजार ३०० मतसहित राप्रपाका नबिन शाही (३ हजार ५०४ मर्त)लाई पराजित गर्दै पुनः निर्वाचित भएका हुन् ।

त्यसैगरी काठमाडौं–३ (क) बाट कांग्रेसका छिरिङ दोर्जे लामा (४ हजार ५५८ मत)ले एमालेका चन्द्रमान लामा (३ हजार ४१५ मत)लाई, काठमाडौं–७ (क) बाट एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर (५ हजार ८६६ मत)ले एमालेका जीवन मानन्धर (४ हजार ५५५ मत) लाई, काठमाडौं–७ (ख)बाट एमालेका प्रकाश श्रेष्ठ (५ हजार २१८ मत)ले कांग्रेसका सविन तामाङ (५ हजार १३७ मत)लाई, काठमाडौं–९ (ख) बाट एमालेका केशवप्रसाद पोखरेल (८ हजार ४५९ मत)ले कांग्रेसका श्यामकृष्‍ण खड्का (७ हजार ३४१ मत)लाई, काठमाडौं–१० (क) बाट कांग्रेसका पुकार महर्जन (१० हजार ८२ मत)ले राप्रपाका उमेशराज सापकोटा (७ हजार ४००मत )लाई, काठमाडौं– १० (ख)बाट एकीकृत समाजवादीकी रमा आले मगर (५ हजार ८१८ मत)ले एमालेका रामशरण आलेमगर (५ हजार १८८ मत)लाई पराजित गरे । विजयी यी सबै दोस्रो कार्यकाल सुरु गर्दैछन् ।

त्यस्तै भक्तपुर–१ (ख)बाट  नेमकिपाका सुरेन्द्रराज गोसाई (२९ हजार ७०४ मत)ले कांग्रेसका पवन भुजु (३ हजार १६१ मत)लाई, भक्तपुर–२ (ख) बाट एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्‍ठ (८ हजार ३४० मत)ले एमालेका चन्दनकृष्‍ण श्रेष्‍ठ (८ हजार ३१ मत)लाई, रसुवा–१ (क) बाट कांग्रेसका प्रभात तामाङ (८ हजार १८६ मत)ले एमालेका कुलप्रसाद भट्ट (४ हजार ७७२ मत)लाई, नुवाकोट– १ (क) बाट माओवादी केन्द्रकी राधिका तामाङ (१६ हजार १६९ मत)ले एमालेका सुशील कुमार खड्का (११ हजार ३५० मत)लाई, मकवानपुर–१ (क) बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी (१९ हजार ७१७ मत)ले एमालेका कमलबहादुर विष्‍ट (१५ हजार ४३३ मत)लाई, मकवानपुर–२ (क) बाट माओवादी केन्द्रकी कुमारी मोक्तान (१९ हजार ८७३ मत)ले एमालेका विष्णुप्रसाद ढकाल (१९ हजार ५५१ मत)लाई, मकवानपुर–२ (ख) बाट कांग्रेसका ईन्द्रबहादुर बानियाँ (१८ हजार ७१७ मत)ले एमालेका लालबहादुर थापा (१६ हजार ९३५ मत)लाई धादिङ–१ (ख) बाट माओवादी केन्द्रका शालिकराम जम्कट्टेल (१९ हजार ९०३ मत)ले एमालेका गजेन्द्रप्रसाद थपलिया (१२ हजार ४७८ मत)लाई, सिन्धुपाल्चोक–२ (क) माओवादी केन्द्रका युवराज दुलाल शरद (२० हजार ९०६ मत)ले एमालेका अमानसिं तामाङ (१२ हजार १३९ मत)लाई, काभ्रे–१ (क) बाट माओवादी केन्द्रका रत्‍नप्रसाद ढकाल (२० हजार ७२० मत)ले एमालेका दिलबहादुर तामाङ (११ हजार २७८ मत)लाई र काभ्रे–२ (क) बाट एकीकृत समाजवादीका लक्ष्मण लम्साल (१९ हजार ४०८ मत)ले एमालेका कुमारप्रसाद खकुरेल (१९ हजार २२० मत)लाई पराजित गर्दै पुनः निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप