शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुम्बईमा दक्षिण कोरियाली युवतीमाथि दुर्व्यवहार, दुईजना पक्राउ

बिहीबार, १५ मङ्सिर २०७९, १५ : ५३
बिहीबार, १५ मङ्सिर २०७९

मुम्बईमा प्रहरीले दक्षिण कोरियाली महिलासँग दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । घटना मंगलबारको हो जब सोसल मिडियामा मायोची नामले चर्चित ह्युजियोङ पार्क नामकी महिला एक भिडियो लाइभस्ट्रिम गरिरहेकी थिइन् ।

भिडियोमा एकजना केटाले २४ वर्षीया ह्युजियोङ पार्कको घाँटीमा हात राखेर उनलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । समाचार एजेन्सी एएनआईका अनुसार दुई जनामाथि यौन दुर्व्यवहारको आरोप लगाइएको छ ।

ह्युजियोङ पार्कको लाइभस्ट्रिमिङ प्लेटफर्म ट्विचमा १२ हजार फलोअर्स छन् । उनले धेरैजसो भिडियो गेम खेल्दै खाएको भिडियो हाल्ने गर्छिन् ।

उनी विगत केही सातादेखि भारतमा छिन् र ब्लग बनाउँदै छिन् । उनी मंगलबार मुम्बईको खार क्षेत्रमा आफ्ना फलोअर्स र मानिसहरूसँग कुरा गरिरहेकी थिइन् । त्यति नै बेला दुई पुरुषले उनलाई दुर्व्यवहार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप