गायक सुनीलले गरे अञ्जुसँग विवाह
लोकप्रिय गायक सुनिल गिरी वैवाहिक जीवनमा बाँधिएका छन् । उनले प्रेीमका अञ्जु आचार्यसँग जर्मनीमा कोट म्यारिज गरेका हुन् । उदयपुर कटारीकी अञ्जु पछिल्लो समय जर्मन बस्दै आएकी छन् । सुनील र अञ्जु विगत ९ वर्षदेखि प्रेममा रहेका थिए । सोही प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।
‘कार्यक्रमको सिलसिलामा केही अगाडि जर्मन पुगेको थिए । सो समय त्यही विवाह गरेका हौ’, सुनीलले भने ‘नेपाली परम्परा अनुसारविवाह गर्न बाँकी छ । त्यो पनि छिट्टै गर्छाै ।’ सुनीलले बिहीबार ‘भाग्यमानी’ बोलको आफ्नो नयाँ गीत समेत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा गीतसँगै आफुले अञ्जुसँग विवाह गरेको जानकारी समेत दिएका छन् ।
‘भाग्यमानी’ बोलको सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘आंगालोमा हामी सम्झाउन मनछ । तिमी घरको इज्जत हो अब । खुसीले सीमा नाघेर आयो । लगनकोगाँठो बाधियो जब । ह्यापी म्यारिज लाइफ डियर वाइफ अञ्जु आचार्य ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा