नेप्सेमा दोहोरो अंकको वृद्धि, १ अर्ब ३२ कोरोडको कारोबार
बिहीबार, १५ मङ्सिर २०७९, १५ : ३६
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार ३.५१ अंकले घट्दै १९४९.८५ विन्दुमा झरेको नेप्सेमा आज ११.२२ अंकले वृद्धि हुँदै १९६१.०६ विन्दुमा उक्लिएको हो ।
नेप्से सूचकमा वृद्धि भएसँगै यता कारोबार रकममा समेत आज बढोन्नती आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ११ अंकमाथिले बढेको बजारमा १ अर्ब ३२ करोड २९ लाख रुपैयाँ बराबरको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी नविल बैंकको १४ करोड ४५ लाख ५६ हजार ७९२ रुपैयाँ बराबरको ९१३ कित्ता सेयर कारोबार भएको छ भने सबैभन्दा बढी धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस दिन होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र निर्जीवन बीमा समूह बाहेक अन्य १० वटा समूहको उपसूच धनान्तमक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने
-
सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पूरा