शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जियासँग विवाहको विषयमा भुवनले के भने ?

बिहीबार, १५ मङ्सिर २०७९, १४ : ३४
बिहीबार, १५ मङ्सिर २०७९

केही अगाडी अमेरिका भ्रमणको क्रममा अभिनेता भुवन केसीले प्रेमिका जिया केसीसँग छिट्टै विवाह गर्ने बताएका थिए । तर अहिले भने भुवनले जियासँग विवाह समयले बताउने बताए । बुधबार भुवन प्रेमिका जीयासँग अभिनेता सलोन बस्नेतको विवाह पार्टीमा सहभागी हुन पुगेका थिए ।

सो क्रममा मिडियाकर्मीले भूवनलाई जीयासँग कहिले विवाह गर्ने ? प्रश्न राखे । जवाफमा भुवनले समय आएपछि भन्दै तर्किए । उनले भने, ‘आज हामी छोरा सलोन बस्नेतको बिहेमा आएका छौं । यसैले यहि विहेलाई नै सेलिब्रेट गरौं होला ।’

भुवनसँग मिडियाकर्मीले छोरा अनमोलको विवाहको बिषयमा पनि प्रश्न राखेका थिए । जवाफमा भुवनले भने, ‘यो प्रश्न अनमोललाई नै सोध्नु ।’  भुवन र जिया करिब एक दशकदेखि लिभिङ टूगेदरमा छन् । कुनै समय एक अर्कासँगको सम्बन्ध लुकाउने भुवन र जिया विगत केही समयदेखि भने खुलेरै प्रेमलाई व्यक्त गर्न थालेका छन् । उनीहरु एक अर्काेसँग अहिले सार्वजनिक कार्यक्रममा देखिन थालेको पनि धेरै भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप