३५ औं विश्व एड्स दिवसमा प्रभातफेरी
आज डिसेम्बर एक अर्थात् विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले ३५ औं विश्व एड्स दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रमको आयोजना मनाइरहेको केन्द्रका निर्देशक डा.सुधा देवकोटाले बताइन् । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउन सुरु गरिएको हो । सो प्रभातफेरी स्वास्थ्य सेवा विभाग टेकुबाट सुरु भई त्रिपुरेश्वर हुँदै पुनः टेकुमै पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रत्येक वर्ष एचआइभी–एड्सको रोकथाम, हेरचाह र उपचार सेवाका लागि यो दिवस मनाउने गरिन्छ । निर्देशक डा.देवकोटाले एचआईभी संक्रमितले समयमा औषधि सेवन गरेमा अन्य सामान्य रोगीहरु झैं बाच्न सक्ने बताइन् ।
संक्रमितहरुलाई नडराइकन आगाडि आएर निरन्तर औषधि सेवन गर्न उनले आग्रह गरिन् । औषधि सेवन गरेमा सर्न र ज्यान जानबाट जोगाउन सकिने उनले बताइन् । समयमै पहिचान भई उपचार भएमा एड्सको अवस्थामा नपुग्ने चिकित्सकहरूको भनाइ छ ।