शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

बिहीबार, १५ मङ्सिर २०७९, १२ : ३०
बिहीबार, १५ मङ्सिर २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए ।

बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताए । “समस्या समाधानका लागि हामी खुला छौँ”, उनले भने, “केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।” गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष ६ अर्ब बचत रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप