शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा ३३ जना उम्मेदवारको जमानत जफत

बिहीबार, १५ मङ्सिर २०७९, ११ : ५५
बिहीबार, १५ मङ्सिर २०७९

पाल्पामा ३३ जना उम्मेदवारको जमानत जफत भएको छ ।  प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेको पाल्पाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ४५ जनामध्ये ३३ जनाको जमानत जफत भएको हो ।

प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका २३ जनामध्ये चार जनाको मात्रै जमानत जोगिएको छ । १९ जनाको जमानत जफत भएको छ । यसरी जमानत जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका सोमप्रसाद गैरे पनि छन् ।

गैरेले पाँच हजार ३४९ मत प्राप्त गरेका थिए । कुल खसेको मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताए । पाल्पा क्षेत्र नं. २ मा ६४ हजार २०३ मत खसेको थियो । यस्तै क्षेत्र नं. १ मा ५८ हजार ४९१ मत खसेको थियो । 

प्रदेशसभा सदस्यको उम्मेदवार बनेका अधिकांशको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार कांग्रेस, एमाले र माओवादीबाट उम्मेदवार बनेका उम्मेदवारको बाहेक अन्य सबैको जमानत जफत भएको हो । 

प्रदेशसभा तर्फको चार पदका लागि भएको निर्वाचनमा आठ जनाले मात्रै जमानत जोगाउन सफल भएका थिए । प्रदेश सभामा २३ जना उम्मेदवारमध्ये १५ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप