भरतपुर महानगरले व्यवसायिक मत्स्य फर्मको विद्युत महसुलमा ५०% अनुदान दिने
बिहीबार, १५ मङ्सिर २०७९, ११ : ५२
भरतपुर महागरपालिकाले व्यपसायिक मत्स्य कृषकको लागि विद्युत महसुलमा ५० % अनुदान दिने भएको छ । महानगरले आफ्नो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तर्गत व्यवसायीक मत्स्य फर्मको विद्युत महसुलमा ५०% अनुदान कार्यक्रम समावेश गरिएको थियो ।
यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्साहन गर्न सहयोग पुराउने महानगरले अपेक्षा लिएको छ ।
आवेदन दिनको लागि भरतपुर महानगरपालिकाको वेवसाईट वा कृषि महाशाखामा सम्पर्क गर्नुपर्ने छ । महानगरपालिकाले यस अघि दूध उत्पादनमा अनुदान लगायतको विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न