प्लेयर टू वाच : इभान पेरिसिच, क्रोएसिया
क्रोएसियन हेभिवेटको सूचीमा इभान पेरिसिचको नाम समावेश नगरी पुरा हुँदैन । गत विश्वकपमा उनले क्रोएसियाका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए । समूह चरणको अन्तिम खेलमा उनले आइसल्याण्डविरुद्ध गोल गर्नुका साथै सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउने क्रममा उनले बराबरी गोलका साथै एउटा गोलको अवसर सिर्जना गरेका थिए । फाइनलमा पनि उनले फ्रान्सविरुद्ध गोल गरेका थिए ।
गत युरोपियन च्याम्पियनसिपमा उनले समूह चरणमा दुई गोल गरेका थिए । यो विश्वकपमा पनि क्रोएसियाको आक्रमणमा प्रशिक्षक डालिच उनीमाथि भर पर्नेछन् । ‘क्रोएसियाको जर्सीमा खेल्न पाउनु मेरो लागि सबैभन्दा ठुलो हो,’ उनले भन्छन् । आज क्रोएसियाका लागि गर या मरको स्थिति रहेको छ । नकआउट चरणमा पुग्न युरोपियन महारथी बेल्जियमसँगको भिडन्तमा क्रोएसिया सकारात्मक नतिजा निकाल्न चाहन्छ । यसमा पेरिसिचको भूमिका महत्त्वपूर्ण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै