बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

११२ मतान्तरले सञ्चारमन्त्री कार्की विजयी

बिहीबार, १५ मङ्सिर २०७९, ११ : २५
बिहीबार, १५ मङ्सिर २०७९

नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३०  हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३०  हजार ३७१ मत प्राप्त गरेका छन् ।  नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् । 

कार्की २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । नेपाल सरकारका अर्थमन्त्री समेत भइसकेका कार्की विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय थिए ।  उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप