बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बडियारपट्टीमा सालनालसहितको शिशु भेटियो

बिहीबार, १५ मङ्सिर २०७९, ११ : ०२
बिहीबार, १५ मङ्सिर २०७९

सिरहाको बरियापट्टी गाँउपालिकामा आज बिहान सालनालसहित वेवारिसे नवजात शिशु फेला परेको छ । बरियापट्टी गाँउपालिका ३ बजारदेखि देखी ७०० मिटर पश्चिम र दक्षिणमा कपडामा पोको पारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो ।

स्थानीय अधिकलाल यादव खेत गएको वेला बच्चा रोएको आवाज सुनेपछि उनले गाउँले र प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ इलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको टोलिले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्याएका छन्।

शिशु छोरा रहेको २ किलो ८ सय ग्राम वजन रहेको र स्वास्थ्य अबस्था राम्रो रहेको स्थानीय सञ्चारकर्मी मुकेश यादवले जानकारी दिए । शिशु जिल्ला अस्पताल सिरहा पठाउने तयारी भई रहेको बताइएको छ।

अवैध सम्बन्धका कारण बच्चा जन्मिएका कारण फालेको हुनसक्ने स्थानीयको अनुमान छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप