बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रमा ‘थ्रेसहोल्ड’ कटाउन संघर्षरत एकीकृत समाजवादीले प्रदेशसभामा पायो ७४ हजार बढी भोट

बिहीबार, १५ मङ्सिर २०७९, १० : ५०
बिहीबार, १५ मङ्सिर २०७९

केन्द्रमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन संघर्षरत नेकपा एकीकृत समाजवादी पार्टी प्रदेशसभातर्फ भने बढी पात पाएको तथ्यांकले देखाएको छ । सातै प्रदेशको प्रदेशसभातर्फ एकीकृत समाजवादी पार्टीले ३ लाख ६६ हजार ८८९ मत पाएको छ । 

तर, प्रतिनिधिसभाको समानुपातिकतर्फ भने सो पार्टीले २ लाख ९२ हजार ५९८ मत पाएको छ । यो हिसाबले हालसम्मको मतगणनामा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ ७४ हजार २९१ कम मत पाएको छ । 

निर्वाचन आयोगका अनुसार सो पार्टीले प्रदेश १ को प्रदेशसभामाको समानुपातिकतर्फ ५४ हजार ८३१ मत पाएको छ । यस्तै मधेसमा १ लाख १३ हजार ५५८, बागमतीमा ६३ हजार ५११, गण्डकीमा १४ हजार ७०३, लुम्बिनीमा ४२ हजार ६२१, कर्णालीमा ३५ हजार ८२६ र सुदूरपश्चिममा ४१ हजार ८३९ मत पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप