मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : थियाबट कोर्टवा, बेल्जियम

पोजिसन : गोलकिपर, उमेर : ३० वर्ष
बिहीबार, १५ मङ्सिर २०७९, १० : ४८
बिहीबार, १५ मङ्सिर २०७९

बेल्जियन गोलकिपर यतिबेला आफ्नो करियरको उचाइमा रहेका छन् । गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनी यो उपाधि जित्ने सीमित बेल्जियन खेलाडीहरू मध्ये एक हुन् ।

गत सिजन लस मेरेङ्गसका लागि उत्कृष्ट फर्ममा रहेका उनले बेल्जियमको नम्बर वानको जर्सीका लागि सबै प्रतिस्पर्धीहरूलाई पछि परका छन् । गत जुनमा भएको फोर नेसन्स लिगका खेलमा बेल्जियमले उनलाई निकै मिस गरेको थियो । सो प्रतियोगितामा बेल्जियमले ६ गोल खान पुगेको थियो ।

सन् २०१८ को विश्वकपमा गोल्डन ग्लोबको पुरस्कार हात पारेका उनी बेल्जियमका लागि सबैभन्दा धेरै खेल खेल्ने गोलकिपर पनि हुन् । बेल्जियमले अर्को चरणमा स्थान बनाउने हो भने कोर्टवाले क्रोएसियाविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्न जरुरी रहेको छ । समूह एफमा बेल्जियम सङ्कटमा रहेको छ । दुई खेलमा १ मा जीत र एकमा हार बेहोरेपछि टोली ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । आजको खेलमा बेल्जियमले क्रोएसियालाई हराउनै पर्ने बाध्यता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप