'माओवादीलाई प्रधानमन्त्री बनाउनु कांग्रेसको दायित्व हो '

नेकपा (माओवादी केन्द्र)का नेता तथा नवनिर्वाचित प्रदेशससभा सांसद् सरल सहयात्रीले कांग्रेसको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।
यसअघि माओवादीले प्रत्यक्षतर्फ जम्मा २३ सिट जितेको कांग्रेसलाई प्रधानमन्त्री बनाएर लोकतन्त्रलाई बचाएको स्मरण गर्दै उनले अब विना विवाद कांग्रेसले माओवादी केन्द्रलाई प्रधानमन्त्री पद दिनुपर्ने उनको तर्क छ ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् -'लोकतान्त्रिक-वाम गठबन्धन चुनाव पछिको मात्रै गठबन्धन नभएर गत २०७४ को चुनावमा प्रत्यक्ष तर्फ २३ सिटमात्रै जित्न सफल नेपाली कांग्रेसलाई प्रधानमन्त्री स्वीकार गरी लोकतन्त्रलाई बचाउने अभियानको एक हिस्सा समेत हो । यस पटक बिना बिबाद नेपाली कंग्रेसले पहिलो प्रधानमन्त्री नेकपा (माओबादी केन्द्र) लाई स्वीकार गर्नु यस अभियानलाई मजबुत पार्नुको साथै उसको नैतिक राजनीतिक दायित्व समेत बन्दछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?