प्रदेश १ प्रदेशसभामा स्नातकदेखि एमफीलसम्म पढेका ३४ जना निर्वाचित, ४ जना ‘अन्डर एसएलसी’
प्रदेश १ मा ५६ जना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य (सांसद)मध्ये ३४ जनाले स्नातक तह वा सोभन्दा माथिको अध्ययन गरेका छन् । राजनीतिमा पढेलेखेका मानिसको प्रवेश नभएको चर्चा भइरहँदा निर्वाचित प्रदेश सांसदहरु भने धेरै पढेलेखेकै परेका छन् ।
जसमध्ये एसएलसी सकेका ७ जना, ११ जनाले प्रविणता प्रमाणपत्र तह सकेका छन् । अन्य ४ जना भने अन्डर एसएलसी अर्थात् साधारण लेखपढ गर्न जान्नेहरु छन् । निर्वाचन आयोगले प्रविष्ट गरेको विवरण अनुसार सुनसरी २ (२) बाट निर्वाचित एमालेका रामप्रसाद महतोले आफ्नो शैक्षिक योग्यता अन्डर एसएलसी लेखेका छन् । यस्तै एमालेबाटै निर्वाचित सुनसरी ३ (२) का रामदेव यादवको शैक्षिक योग्यता पनि अन्डर एसएलसी नै हो । यस्तै नेपाली काँग्रसका नेता तथा इलाम २ (१)बाट निर्वाचित गोविन्द गिरीको शैक्षिक योग्यता पनि सामान्य छ । निर्वाचन आयोगले प्रविष्ट गरेको विवरणमा उनको शैक्षिक योग्यता ‘एजुकेसन एन/ए’ उल्लेख छ ।
यस्तै स्नातकोत्तर सक्ने प्रदेश सांसदहरुमा झापा ३ (२) बाट निर्वाचित छविलाल चुँडाल, झापा ४ (१) बाट निर्वाचित राधाकृष्ण खनाल, झापा ५ (१) बाट निर्वाचित हिक्मतकुमार कार्की, संखुवासभा २ बाट निर्वाचित विदुरकुमार लिङ्थेप, भोजपुर १ बाट निर्वाचित वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई, धनकुटा २ बाट निर्वाचित इन्द्रमणि पराजुली, मोरङ ४ (२) बाट निर्वाचित भीम पराजुली, मोरङ ६ (१) बाट निर्वाचित जीवन आचार्य, मोरङ ६ (२) बाट निर्वाचित केदार कार्की, सुनसरी १ (२) बाट निर्वाचित विजय राई, खोटाङ २ बाट निर्वाचित भुपेन्द्र राई र उदयपुर २ (२) बाट निर्वाचित रामकुमार खत्री रहेका छन् ।
यस्तै राप्रपाका भक्ति सिटौलाले एमफीलसम्मको अध्ययन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता