बाजुराको मतगणना अझै अनिश्चित, दुई पटकको बैठक निष्कर्षविहीन

बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो ।
निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो। तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको हो । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा नेकपा एमाले बाजुराले बिमति जनाएपछि पहिलो बैठक निष्कर्षविहीन बन्यो ।
आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बोलाएको तर सबै दलको उपस्थिति नभएपछि बैठक ११ बजे बोलाएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले रातोपाटीलाई बताए ।
नेकपा एमाले बाजुराले कांग्रेस कार्यकर्ताको कुटपिटबाट ज्यान गुमाएका विद्यार्थी चेतन अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने र अयडीको न्यायको लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई विना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
-
नेपालमा न्याय निरूपण र फैसला कार्यान्वयनको अवस्था कस्तो छ ?
-
यसकारण ८ वर्षपछि चलचित्र अभिनयमा फर्किए राजेश हमाल
-
ढुङ्गेलको अध्यक्षतामा २७ सदस्यीय लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ गठन
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’
-
वैदेशिक रोजगार विभागका महानिर्देशकलाई गणतान्त्रिक मञ्चको ध्यानाकर्षण