शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

माओवादी नेता भण्डारीलाई जुम्ला इन्चार्जको जिम्मेवारी

बिहीबार, १५ मङ्सिर २०७९, ०९ : ४०
बिहीबार, १५ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रले माओवादीका पोलिटब्युरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला इन्चार्ज तोकेको छ । भण्डारीलाई प्रदेश इन्चार्ज कालिबहादुर मल्लको हस्ताक्षरित पत्रमा जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएको हो । 

आफूलाई पार्टीले १५ वर्ष पछि फेरि इन्चार्जको जिम्मेवारी प्रदान गरेको भण्डारीले जानकारी दिए । उनले अव पार्टीलाई  सहकार्य गरेर अगाडि बढाउने प्रतिवद्धता पनि जनाए । जुम्लामा यस अघि माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी इन्चार्ज रहेका थिए । 

वि.सं. २०७४ सालको स्थानीय तहमा ३ अध्यक्ष र ५ उपाध्यक्षसहित सवैभन्दा बढि वडाध्यक्ष जितेको जुम्ला माओवादी २०७९ सालको स्थानीय तहमा २ स्थानीय तह र वडामा दोस्रो स्थानमा खुम्चिएको छ । भर्खर सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादीका १४ हजारसहित गठवन्धनका ३६ हजार मत हुँदा पनि उल्लेख्य सफलता हात नलाग्नुले​ माओवादीमा अर्को चुनौती थपिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप