फिफा विश्वकप : अन्तिम १६ का आठ टोलीको टुंगो लाग्यो, कसको भिडन्त कोसँग ?

फिफा विश्वकप अन्तर्गत हालसम्म चारवटा समूहका खेलहरू समाप्त भएका छन् । यी चार समूहबाट अन्तिम १६ मा प्रवेश गर्ने ८ वटा टोलीको टुंगो लागिसकेको छ ।
बुधबार राति समूह सी र डीका खेलहरु सम्पन्न भए । समूह सीबाट अर्जेन्टिना समूह विजेता र पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै, समूह डीबाट फ्रान्स र अस्ट्रेलिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अर्को चरणमा स्थान बनाएका छन् ।
अब नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियाको ४ डिसेम्बरको बिहान सामना गर्नेछ भने फ्रान्स र पोल्याण्डबीच भिडन्त हुनेछ । यसअघि समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भएको थियो । उता समूह बीबाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएका छन् ।
अन्तिम १६ मा दुई समूहका विजेता र उपविजेताबीच भिडन्त हुनेछ । अन्तिम १६ को पहिलो खेलमा समूह एको विजेता नेदरल्याण्ड्सले समूह बीको उपविजेता अमेरिकाको सामना गर्नेछ । दुई टोलीबीच ३ डिसेम्बरमा खलिफा अन्तर्राष्ट्रिय स्टेडियमा खेल हुनेछ । त्यस्तै, समूह बीको विजेता इंग्ल्याण्डले समूह एको उपविजेता सेनेगलसँग खेल्नेछ । दुई टोलीबीच अद बयात स्टेडियममा डिसेम्बर ५ को बिहान खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त