शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जा र बाजुरामा सत्तापक्षको सेटिङलाई निर्वाचन आयोगले वैधता प्रदान गर्‍यो : महासचिव पोखरेल

बिहीबार, १५ मङ्सिर २०७९, ०८ : १८
बिहीबार, १५ मङ्सिर २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् । 

स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको सन्दर्भमा पोखरेलले यस्तो आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् -'स्याङजा  र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।' आयोग पुन मतदान गर्न अस्विकार गरेसँगै यी दुई जिल्लामा मतगणना सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप