शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा कोइला खानीमा पुरिएर कम्तीमा ९ मजदुरको मृत्यु

बिहीबार, १५ मङ्सिर २०७९, ०७ : २१
बिहीबार, १५ मङ्सिर २०७९

उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा कम्तीमा ९ कामदारको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।  

दुर्घटनाको समयमा  खानीमा १३ जना कामदार थिए । नौ जनाको शव निकालिएको सो क्षेत्रका उपायुक्त अदनान फरीदले बताए । खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको छ । 

घटना लगत्तै उद्दारकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप