शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोटीमा वडाध्यक्ष जोशीको निधन

बुधबार, १४ मङ्सिर २०७९, २३ : ३८
बुधबार, १४ मङ्सिर २०७९

डोटीको पूर्वी चौकी गाउँपालिका ६, गाजरीका वडाअध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार वडाध्यक्ष जोशीको निधन भएको हो ।

प्रेसरका बिरामी रहेका जोशीको घर फर्किने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत अबस्थामा रहेको जिल्ला अस्पताल डोटीका डा.सोहन शाहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप