शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनसरी–४ (२) मा मन्सुरी विजयी

बुधबार, १४ मङ्सिर २०७९, २२ : ०९
बुधबार, १४ मङ्सिर २०७९

सुनसरी क्षेत्र नं ४(२) मा लोकतान्त्रिक– वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी भएका छन् । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मन्सुरी दुई हजार एक सय १५ मतान्तरले विजयी भएका हुन् । उनले नेकपा (एमाले) का हाजी अब्बास अन्सारीलाई पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृत तथा सुनसरी क्षेत्र नं ४ का निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

मन्सुरीले १४ हजार तीन सय मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका अब्बास अन्सारीले १२ हजार एक सय ८५ प्राप्त गरेका छन् । विजयी भएका मन्सुरी मुस्लिम सङ्घ प्रदेश–१ का सभापति तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ४ का सदस्य हुन् । प्रदेशसभामा ३९ हजार सात सय २४ खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप