बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा बुधबार पनि हुन सकेन मतगणना

बुधबार, १४ मङ्सिर २०७९, २१ : ३९
बुधबार, १४ मङ्सिर २०७९

बाजुरामा बुधबार पनि मतगणना सुरु सकेको छैन । बुधबार दिउँसो बसेको सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीबार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने विषयमा छलफल हुने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।

यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा भने आज रातिदेखि मतगणना सुरु हुनेछ । आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । -न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप